रेडक्रस सोसाईटी पाल्पाले अस्पताललाई कोभिड उपचार र सुरक्षाका सामग्रीहरू हस्तान्तरण

पाल्पा । नेपाल रेडक्रस सोसाईटी पाल्पाले युनाइटेड मिसन अस्पताल, पाल्पा अस्पताल र पाल्पा लायन्स लाकौल आँखा अस्पतालहरूलाई कोभिड उपचार र सुरक्षाका सामग्रीहरू हस्तान्तरण गरिएको छ ।

जिल्लामा कोरोना सक्रमितको सङख्या बढेपछी अस्पतालको लागि स्वास्थ्य सुरक्षाको निम्ति सामाग्री हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाईटी पाल्पाका कार्यक्रम अधिकृत बिनोद भारतीले बताए ।

कोरोनाको सङ्क्रमित बढेसङगै अस्पताललाई स्वास्थ्य सुरक्षाको लागि फेस सिल्ड, पि पि ई, माक्स, गाउन, गगल हस्तान्तरण गरिएको हो ।

मिसन अस्पताललाई थप अक्सिजन कन्सन्टेटर समेत प्रदान गरिएको छ । काेभिड १९ महामारी जाेखिम नियन्त्रण र स्वयंसेवक परिचालनमा नेपाल रेडक्रस साेसाइटी पाल्पा शाखाकाे नियमित अभियान चलिरहेको रहेको बताइएको छ ।कोरोना भ्याक्सिन अभियानमा स्वयंसेवक परिचालन गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया