तानसेन। पाल्पामा जारी निषेधाज्ञालाई साउन २१ गतेसम्मका लागि थप गरिएको छ ।
आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले दशौं चरणमा साउन २१ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको हो । थपिएको निषेधाज्ञालाई भने खुकुलो बनाईएको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले जानकारी दिए ।
हालसम्म बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म खुल्दै आएका सबै पसलहलाई बिहान ७ देखि बेलुका ७ बजेसम्म संचालन गर्न दिने निर्णय भएको प्रजिअ पाण्डेले बताए ।
यस्तै लामो तथा छोटो दुरीका सवारीलाई स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर संचालन गर्ने तथा होटल तथा रेष्टुरेन्टहरुलाई बेलुका ८ बजेसम्म मात्र संचालन गर्न स्थानीय प्रशासनले निर्देशन दिएको छ । यस्तै अत्यवश्यक सेवारी सवारी तथा ओषधि पसलहरु २४ सै घण्टा खुल्ला रहने पनि बैठकले निर्णय गरेको छ ।
जिल्लामा हालसम्म पनि संक्रमणको दर नघटेको हुँदा सबै नागरिकले स्वास्थ्य मापदण्डको पालनामा जोड दिन स्थानीय प्रशासनले अनुरोध गरेको छ ।
गत बैशाख १८ गतेदेखि पाल्पामा निषेधाज्ञा सुरु भएको थियो ।
यसअघिका नौं वठा चरणहरुमा केही मात्रामा संक्रमण नियन्त्रणमा आए पनि अहिले पनि समुदाय स्तरमा लक्षणसहितका बिरामीहरु रहेको हुँदा संक्रमण जोखिम भने कायमै रहेको विज्ञहरुले बताएका छन् ।