रामपुर । पाल्पाको रामपुर नगरपालिकामा ११ बर्षकी बालिकालाई जबरजस्ती करणीकोे आरोपमा एक बालक पक्राउ परेका छन् ।

रामपुरको एक होटलमा जबरजस्ती करणी गरेको जानकारीका आधारमा तनहु जिल्ला घिरिङ गाउँपालिका बस्ने बर्ष १७ का एक बालकलाई इलाका प्रहरी कार्यालय रामपुरले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरिक्षक तथा स”चना अधिकारी रामेश्वर त्वातीका अनुसार बालकलाई सोमबार नियन्त्रणमा लिएर थप अनुसन्धान जारी रहेको छ ।

तपाईको प्रतिक्रिया