कारोनाको तेस्रो लहरको तयारी गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७ वटै प्रदेशमा अक्सिजन सिलिन्डर मौज्दात राख्न निर्देशन दिएको छ ।

तेस्रो चरणको संक्रमण फैलिन सक्नै भन्दै मन्त्रालयले सातै प्रदेशका समाजिक विकास तथा स्वास्थ्य मन्त्रालयलाई तयारी अवस्थामा रहन निर्देशन दिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका महाशाखा प्रमुख डा. मदनकुमार उपाध्यायले कोभिडको अर्को लहर आउन सक्ने सम्भावना रहेको भन्दै सबै प्रदेशमा कम्तिमा एक हजार वटा अक्सिजन सिलिन्डर मौज्दात राख्न निर्देशन दिइएको बताएका छन् ।

कोरोनाको सम्भावित चुनौतीलाई समाना गर्न मौजुदा सिलिन्डरहरु पनि खाली नराख्‍न आग्रह गर्दै अक्सिजन प्लान्ट,अक्सिजन ट्यांक तथा अक्सिजन कन्सन्ट्रेटर चालु र चुस्‍त अवस्थामा राख्‍न भनेको निर्देशन दिएको छ ।

मन्त्रालयले हिजै प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिमा भएको कार्यक्रममा असोज १५ गतेदेखि सङ्क्रमणको तेस्रो लहर आउन सक्ने जानकारी दिएको थियाे ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer