पाल्पामा थप ५५ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या ४२१ पुग्यो

तानसेन । पाल्पामा बुधवार थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार पीसीआर विधिबाट गरिएको परीक्षणमा११ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४४ जना गरी ५५ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही समयमा १७ महिला र १३ पुरुष गरी २९ जना संक्रमित भने संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।

पछिल्ला दिनहरुमा संक्रमित बढेसंगै सक्रिय संक्रमितको संख्यामा पनि वृद्धि भएको छ । ३ सयको नजिक झरेको संक्रिय संक्रमित उकालो लागेर ४२१ जनामा पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

निषेधाज्ञा खुकुलो भएसंगै स्वास्थ्य मापदण्डको पालनामा कमी आउदा संक्रमण फैलिएको हुँदा सो विषयमा ध्यान दिन स्थानीय प्रशासनले जनाएको छ।

तपाईको प्रतिक्रिया