
तानसेन । जिल्ला प्रहरी कार्यालय पाल्पाले फरार रहेको दुईजना अभियुक्तलाई पक्राउ गरेको छ ।
जिल्ला अदालत पाल्पाबाट फैसला भई कैद तथा जरिवाना तोकिएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बगनासकाली गाउँपालिका वडा नं. २ का २८ वर्षीय नारायण बगाले र रामपुर नगरपालिका १० का १९ वर्षीय नारन सुनार रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए ।
बगालेको सवारी ज्यान मुद्धामा एक महिना ६ दिन कैद तोकिएको छ भने सुनारलाई पशुपंक्षी सम्बन्धि कसुरमा गोरु मारेको अभियोगमा ३ महिना ७ दिन कैद तोकिएको सूचना अधिकारी त्वातीले बताए ।
दुवैजनालाई पक्राउ गरी जिल्ला अदालतमा बुझाएको प्रहरीले जनाएको छ । पाल्पा प्रहरीले केहीदिन अघि पनि तीनजना फारार अभियुक्तलाई पक्राउ गर्न सफल भएको थियो ।