तानसेन । पाल्पाको रिब्दीकोटमा गएराति एक किशारले महिलालाई जबरजस्ती करणी गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी अनुसार रिब्दीकोट गाउँपालिकामा मध्यरातमा ४५ वर्षिया महिलालाई १७ वर्षीय किशोरले बलात्कार गरेका हुन् ।

आफ्नै घरमा सुितरहेकी ४५ वर्षिया महिलालाई छिमेकी किशोरले घरभित्रै गएर जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कर्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताए ।

बलात्कार भएसंगै स्थानीयले प्रहरीलाई सूचना गरेका थिए । स्थानीयले दिएको सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरीको टोलीले बलात्कारको अभियोगमा १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ ।

पछिल्ला दिनहरुमा जिल्लामा जबरजस्ती करणीका घटना बढेको पनि प्रहरीले जनाएको छ ।

कोरोना महामारीका कारण अधिकांश मानिस घरमै रहेको हुँदा बालिकदेखि वृद्धाहरु माथि पनि जबरजस्ती करणी भएका उजुरी पर्ने क्रम बढेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया