गुल्मीको निषेधाज्ञामा कडाई, बैंक र पसलहरु बन्द, सवारी संचालनमा पनि रोक

पाल्पा । गुल्मीमा जारी निषेधाज्ञालाई कडाइ गर्दै थप गरिएको छ।

बुधबार बसेको जिल्ला कोभिड संकट वयवस्थापन केन्द्रको बैठकले थप कडाई गर्दै साउन ३२ गतेसम्म निषेधाज्ञाको अवधि लम्बाएको हो ।

विभन्न चरणमा खुकुलो पार्दै लम्बाइएको निषेधाज्ञाबाट संक्रमण नियन्णमा नआएपछि पुनः कडाइका गर्न लागिएको गुल्मी प्रशासनले जनाएकाे छ ।

२३ गतेदेखि लागु हुने निषेधाज्ञामा सार्वजनिक तथा निजी सवारी संचालनमा समेत रोक लगाइएको प्रमुख जिल्ला अधिकारी रुद्रावति शर्माले जानकारी दिइन् ।

यो अवधिमा अत्यावश्यक बाहेकका सबै सरकारी र गैरसरकारी कार्यालय समेत बन्द हुने भएको छ । संक्रमण नियन्त्रणका लागि अत्यावश्यक बाहेकका सबै पसलहरु समेत पूर्ण रुपमा बन्द हुने भएको पनि प्रजिअ शर्माले बताइन् ।

अत्यावश्य सेवाका पसल भने खुल्ल रहनेछन् । तर बैंक तथा वित्तिय सस्थाहरु भने पूर्ण बन्द गर्न प्रशासनले निर्देशन दिएको छ ।

यस्तै मठ- मन्दिरहरुमा नृतय पुजा मात्र गर्ने तथा विवाह र मृत्यु सस्कारमा बढीमा १० जनामात्र सहभागी हुन स्थानीय प्रशासनले अनुरोध गरेको छ ।
हेर्नुहोस निषेधाज्ञाको आदेशः

तपाईको प्रतिक्रिया