
तानसेन । पाल्पामा यसवर्ष ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ।
कृषि ज्ञान केन्द्र पाल्पाले दिएको जानकारी अनुसार यसवर्ष समयमा पानी परेका कारण धेरै क्षेत्रमा वर्षेधान रोपाइँ भएको हो ।
गतवर्ष आठ हजार ६२० हेक्टर क्षेत्रफलमा वर्षेधान लगाएका पाल्पाका किसानले यो वर्ष आठ हजार ८४० हेक्टर क्षेत्रफमा वर्षेधान लगाएको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले बताए ।
समयमा मनसुन सक्रिय भएका कारण छिटो रोपाइँ भएको छ । जस्ले गर्दा उत्पादनमा पनि वृद्धि हुने अपेक्षा कृषि ज्ञान केनद्रले गरेको छ ।
गतवर्ष ३५ हजार ८२ मेट्रिकटन धान उत्पादन भएकोमा योवर्ष मौसम अनुकूल रहेमा देईदेखि तीन प्रतिशनसम्म उत्पादमा वृद्धि हुने आकलन गरिएको प्रमुख अर्यालले बताए ।
पहाडी जिल्ला भएको कारण साउनको दोस्रो सातापछि पनि पाल्पामा वर्षे धान लगाउने प्रचलन रहेको छ । उत्पादनका हिसाबले पाल्पा जिल्ला धानका लागि आत्मनिर्भर रहेको पनि कृषि ज्ञान केन्द्रले जनाएको छ ।
पाल्पामा वर्णशंकर, राधा, राधा–१४, सावा मन्सुली, साबित्री, रामधान लगायतका धान खेति गरिन्छ।