काठमाडौं । आज सुनको मूल्य तोलामा एक हजार पाँच सय रुपैयाँले सस्तो भएको छ । शुक्रबार ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार ९० हजार रुपैयाँमा झरेको हो ।

यस्तै तेजावी सुनको मूल्य भने तोलामा एक हजार ४५० रुपैयाँले सस्तो भएको छ ।

शुक्रबार प्रतितोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको तेजावी सुनको आजको कारोबार मूल्य ८९ हजार ५५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

शुक्रबार एक हजार २६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले सस्तो बनेर प्रतितोला एक हजार दुई सय ४० रुपैयाँमा काराबोर भइरहेको संघले जनाएको छ ।

तपाईको प्रतिक्रिया