काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरमा थप तीन हजार ६५१ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयाले दिएको जानकारी अनुसार १६ हजार ५ सय ९४ जनाको नमूना परीक्षण गर्दा ३६५१ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा १ हजार ७८४ जना संक्रमणमुक्त भएको पनि मन्त्रालयले जनाएको छ । यस्तै २४ घण्टामा थप २२ जना संक्रमितको मृत्यु भएको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या ३६२८८ जना रहेको छ भने, हालसम्म निको हुनेमो दर ९३.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया