पाल्पामा थप ८९ जनामा कोरोना पुष्टि

तानसेन । पाल्पामा थप ८ढ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मात्रै एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७२ तथा पीसीआर विधिबाट गरिएको परीक्षणमा १५ जना गरी थप ८९ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै हालसम्म जिल्लामा ८ हजार ८०४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले बताए ।

यस्तै पछिल्लो २४ घण्टामा थप ३० जना संक्रमित भने संक्रमणमुक्त भएका छन् ।

सूचना अधिकारी पन्थीका अनुसार विभिन्न संस्थागत तथा होम आइसोलेशनमा बसेका १९ जना महिला र ११ जना पुरुष संक्रमणमुक्त भएका हुन् ।

हाल जिल्लामा ४८२ जना कोरोनाका सक्रिय संक्रमितहरु रहेकाे पनि स्वास्थ्य कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया