
तानसेन। सिद्धार्थ राजमार्ग अन्तर्गतको पाल्पा –बुटवल सडकखण्ड हेडबक्स नजिकैबाट बोलेरो जीप तिनाउ खोलामा खस्दा चारजना घाइते भएका छन् ।
मंगलबार विहान करिब १० बजे सिद्धबाबा नजिकैदेखि बलेरो जीप तिनाउ खोलामा खसेको प्रहरीले जनाएको छ ।
जीपमा सवार चारजनालाई उद्दार गरि उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताए ।
घाइते मध्य दुई जनाको अवस्था गम्भीर रहेको सूचना अधिकारी तवातीले बताए ।
पाल्पाबाट बुटवलतर्फ जादै गरेको भनिएको उक्त बोलेको जीपको नम्बर प्लेल समेत नदेखिएको र घाइतेहरुको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको थप विवरण आउन बाकी रहेको पनि प्रहरीले जनाएको छ ।