
तानसेन। पाल्पामा पछिल्लो २४ घण्टामा मात्रै थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार ३९ पुरुष तथा ५१ महिला गरि थप ९० जनामा संक्रमण पुष्टि भएको हो ।
जसमध्ये एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६८ जना र पीसीआर विधिबाट गरिएको परीक्षणमा २२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।
यस्तै बुधबार ७० जना संक्रमित भने कोरोनामुक्त भएका छन् । हाल जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ४८१ रहेको स्वास्थय कार्यालयले जनाएको छ ।
पछिल्लो समय गाउँगाउँमा समेत लक्षणसहितका बिरामी बढेपछि परीक्षणमा वृद्धि हुँदा संक्रमणमा पनि वृद्धि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।