सिद्धार्थ राजमार्गको पाल्पा क्षेत्रको पहिरो हटाएपछि सडक एकतर्फी खुल्यो

पाल्पा । सिद्धार्थ राजमार्गको पाल्पा क्षेत्रको अवरुद्ध सडक एकातर्फी खुलेको छ । पाल्पा बुटबल सडकको तिनाउ गाउँपालिकाको दुई स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

गएरातिदेखि परेको अविरल वर्षाको कारण सिद्धार्थ राजमार्गको तिनाउ गाउँपालिका ३ गिट्टीखानी तथा तिनाउ ५ कालीमाटीमा पहिरो हटाएपछि सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

पछिल्लो दिनयता पहिरोका कारण बेलाबेलामा पाल्पा बुटबल सडकखण्ड अवरुद्ध हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया