तानसेन । पाल्पाको कोरोनाका सक्रिय संक्रमितको संख्या पाँच सयबढी पुगेको छ ।
स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार आइतबार थपिएका संक्रमितसंगै हाल जिल्लामा ५०८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो समय समुदायमा लक्षणसहितका बिरामी बढेसंगै परीक्षणमा समेत वृद्धि संक्रमितको संख्यामा समेत वृद्धि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले बताए ।
अहिले रहेका सक्रिय संक्रमितमध्ये ३६६ जना होम आइसोलेशनमा, २४ जना एचडियूमा, २९ जना आइसोलेशन सेन्टरमा बस्दै आएको पनि सूचना अधिकारी पन्थीले बताए ।
स्थानीय प्रशासनले संक्रमण न्यूनिकरणका लागि निषेधाज्ञा जारी गर पनि कडाइ नभएका कारण संक्रमण समुदायमा फैलिएको पाइएको छ ।
संक्रमित बढेसंगै सोमबार बस्ने जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले संक्रमण नियन्त्रणका लागि थप निर्णय गर्ने पनि प्रजिअ पाण्डेले जानकारी दिए ।
संक्रमण बढेसंगै रेड जोनमा पुगेको पाल्पामा हालसम्म १३२ जना संक्रमितको संक्रकणपछि मृत्यु भएको छ भने ८ हजार ६५० जना कोरोनामुक्त भएका छन्। यस्तै हालसम्म जिल्लामा ९ हजार २६० जनाले कोरोना परीक्षण गराएको स्वास्थ्य कार्यालयले पाल्पाले जनाएको छ ।