पाल्पामा कोरोना संक्रमण यथावत रहेको भन्दै स्थानीय प्रशासनले निषेधाज्ञालाई पनि यथावत नै राखेको छ ।

सोमबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले जारी निषेधाज्ञालाई भदौ १२ गते राती बाह्र बजेसम्मका लागि थप गरेको हो । १२ औं चरणमा जारी गरिएको निषेधाज्ञामा साँझ ५ बजेदेखि विहान ७ बजेसम्मलाई सबै पसल व्यवसाय बन्द गर्ने गरि जारी गरिएको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पण्डेले बताए ।

गत बैशाख १८गतेदेखि नै गरिएको निषेधाज्ञामा पनि संक्रमण नियन्त्रणमा नआएपछि निषेधाज्ञा थप गरिएको प्रजिअ पाण्डेले बताए ।

थप गरिएको समयावधिमा विहान ७ देखि ५ बजेसम्म उद्योग, कलकारखाना, पसल व्यवसाय खुल्नेछन्, यस्तै सार्वजनिक तथा नीजि सवारीहरु समेत संचालन हुने पाउने व्यढवस्था स्थानीय प्रशासनले गरेको छ ।

साँझ ५ बजेदेखि विहान ७ बजेसम्म कुनै पनि पसलहरु संचालन गर्न पाइने छैन भने अत्यावश्यक सेवाहरु भने सुचारु हुने प्रशासनले जनाएको छ ।

अहिले पनि पाल्पामा दैनिक ५० जनाबढी संक्रमित थपिने र सोही अनुपातमा संक्रमणमुक्त हुँदा समेत ४३२ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

तपाईको प्रतिक्रिया