रम्भा गाउँपालिकाको सेवा भदौ आठ गतेसम्म बन्द!

तानसेन। कर्मचारीमा कोरोना पुष्टि भएपछि रम्भा गाउँपालिको सबै सेवा बन्द भएको छ ।

कार्यालयमा कार्यरत कर्मचारीम संक्रमण देखिएपछि भदौ ८ गतेसम्मका लागि गाउँपालिकाको सबै सेवा बन्द भएको हो ।

कर्मचारीमा कोरोना पुष्टि भएपछि सेवाग्राहीमा समेत संक्रमण फैलिसक्ने जोखमका कारण अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालद्धारा  जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पाल्पामा पछिललो समय समदायमा संक्रमण बढेसंगै कार्यालयहरु पनि शील हुँदै आएका छन् । यसअघि जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यलयका कर्मचारीमा कोरोना देखिएपछि कार्यालयका सबै सेवा बन्द गरिएको थियो ।

हाल जिल्लामा चारसयबढी कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

तपाईको प्रतिक्रिया