काठमाडौं । माधवकुमार नेपालले दर्ता गरेको नयाँ दलको नाममा नेकपा एमाले नरहने भएको छ ।
सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार एउटा पार्टीको नाममा विशेषण झुण्ड्याएर अर्को दल दर्ता गर्न नमिल्ने बताएपछि नयाँ दलमा नेकपा एमाले हट्ने भएको हो ।
एमालेमा विवाद भएपछि नयाँ दल दर्ता गरेका नेता नेपालले नेकपा एमाले समाजवादी नाममा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
नेपालले बुधबार दल दर्ताका लागि निवेदन दिएका थिए ।
सर्वोच्च अदालतले नेमपा एमाले समाजवादीलाई आधिकारीक नदिएमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी वा नेपाल कम्युनिस्ट पार्टी समाजवादी नाममा पार्टी दर्ता हुने सम्भावना रहेको नेपाल पक्षका नेताहरुले जनाएका छन् ।