सप्तकोशीमा हाम फालेका छ जनाको उद्धार

काठमाडौं । सप्तकोशी नदीमा हामफाली आत्महत्याको प्रयास गर्ने छ जनालाई प्रहरीले सकुशल उद्धार गरेको छ ।

कोशी ब्यारेजको पुलबाट नदीमा हामफालेका उनीहरुलाई प्रहरी चौकी कोशी ब्यारेजका प्रहरीले सकुशल उद्धार गरेका हनु।

सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले दिउको जानकारी अनुसार असारदेखि साउन महिनाको अवधिमा आत्महत्याका लागि नदीमा हामफालेका उनीहरुलाई प्रहरीले सकुशल उद्धार गरेको हो। सकुशल उद्धार गरेकामा सुनसरी गढीका ७८ वर्षीय पुरुष, विराटनगरकी ५५ र ३५ वर्षीया महिला रहेका छन् ।

त्यसैगरी भारत मधुवनीका २५ वर्षीय युवक, इटहरीकी ६५ वर्षीया महिला र काभ्रेपलाञ्चोककी ४० वर्षीया महिला समेतलाई आत्महत्याका लागि नदीमा हामफालेको अवस्थामा प्रहरीले सकुशल उद्धार गरेको छ।

आत्महत्याको प्रयासमा कोशीमा हामफालेका सबैकोे सकुशल उद्धार गरी परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer