- पाल्पा । पाल्पाको तानसेन नगरपालिकाले जनताको घरमा मेयर कार्यक्रम सम्पन्न गरेको छ ।
सो कार्यक्रम तानसेन नगरपालिका–८, छापमा सम्पन्न भएको हो ।
तानसेन नगरपालिकाको विकासको अवसरबाट बञ्चित दलित तथा जनजातिको बस्ती रहेको यो स्थानमा पहिलो पटक मेयरले गुनासो सुन्न त्यहाँ पुगेका हुन ।
जनताको घरमा पुगेर नगरप्रमुख अशोक कुमार शाहीले विनाधितो सहुलियत ब्याजदरमा एक करोडसम्म कर्जा प्रवाह गर्दै आएको बताए ।
गरीवी हटाउने र बेरोजगार युवाहरुलाई सीप तथा बीउ पुँजी सहयोग गरी स्वरोजगार तथा रोजगार बनाउन अभियान समेत तानसेन नगरपालिकाले सुरुवात गरेको नगरप्रमुख शाहीले बताए ।
कृषि तथा पशुपालनका क्षेत्रमा तानसेन नगरपालिकाले युवाहरुलाई आकर्षण थालेको बताए । कृषि पुशपालन गरी युवाहरुलाई उद्यमशित बनाउने कार्यक्रम नमुना बनेको नगर प्रमुख शाहीले बताए ।
कार्यक्रममा स्थानीय बासिन्दाले आयआर्जनका कार्यक्रमबाट आफुहरु बञ्चित रहेको बताएका थिए । स्थानीय महिलाहरुले महिलालाई आत्मनिर्भर बनाउन स्थानीय सरकारले कार्यक्रम ल्याउनुपर्ने बताएका थिए ।
नगरप्रमुख शाहीले दलित महिला तथा युवा उद्यमशिला बनाउने विनाधित ऋणको कार्यक्रम रहेको बताए ।
कृषि तथा पशुपालनबाट गरीव तथा विपन्न परिबारले सुविधा लिनुपर्ने शाहीले बताए ।
कार्यक्रममा तानसेन नगरपालिका, कृषि, पशु स्वास्थ्य, सामाजिक विकास, ग्रामीण आर्थिक विकास संघ र हेफर परियोजनाका प्रमुखहरुले कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रम तानसेन नगरपालिकाका प्रेस सल्लाहकार गोविन्द भटट्राईको सञ्चालन तथा उपप्रमुख लक्ष्मी पाठकको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।