काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आज प्रदेशसभामा विश्वासको मत लिएका छन् ।
सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्रीले पाएको मत प्रदेशसभाको बहुमत भएकाले विश्वासको मतसम्बन्धि प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे ।
प्रदेशसभामा रहेको कूल ८० सदस्यमध्ये ‘हुन्छ’ भन्ने पक्षका ४२ सदस्य कुल सङ्ख्याको बहुमत भएको घर्तीले जानकारी दिए । यस्तै ‘हुन्न’ भन्ने पक्षमा शुन्य सदस्य सङ्ख्या र उपसभामुख कृष्णी थारु तटस्थ रहेको द्धर्तीले बताए ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने बैठक बहिष्कार गरेको छ ।
एमाले संसदीय दलका नेता शंकर पोखरेल नेतृत्वको सरकार अल्पमतमा परेर राजीनामा दिएसँगै केसीको नेतृत्वमा गठबन्धन सरकार बनेको थियो ।
प्रदेश सभा सदस्य संख्याः ८०
उपस्थितः ४३
पक्षमाः ४२
विपक्षमाः ०
तटस्थः १