
पाल्पा । हिन्दु महिलाहरुको महान पर्व तीज नजिकिदै गर्दा तीज सम्बन्धि गीतहरु बजारमा आइरहेका छन् । कतिपय गीतहरुमा मौलिकता छ भने कतिपय मनोरञ्जनका लागि बजारमा आएका छन्।
यही क्रममा पाल्पाली युवा गायक पुरुषोत्तम गैरेले बरलाई पिपलु बोलको गीत तीज गीत बजारमा ल्याएका छन् ।
गैरै र गायिका सुनिता बुढा क्षेत्रीको आवाजमा रहेको यो गीतमा शब्दसंगै संगीत गैरे आफैले भरेका छन् । रोइला गीतमा ख्याती कमाएका गैरेले समासामहिक विषयलाई दर्शक र स्रोतासामू पर्याउने गरेको बताएका छन् ।
हालै रिलिज भएको तीज गीतमा कृष्ण बीकेले संगीत संयोजन गरेका छन् । बिष्णु भट्टराईले निदेृशन गरेको गीतको भिडियोमा प्रमिशा बस्याल, रक क्षेत्री, अन्जली बस्याल, प्रकाश राज आचार्य र पदमा पाण्डे बस्यालको अभिनय रहेको छ ।
बिक्रम परियारको कोरियोग्राफी रहेको गीतको भिडियो पुरुषोतम गैरेको युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।
हेर्नुहोस भिडियोः