काठमाडौं । बिहीबारदेखि तीन दिनसम्म देशभर ठूलो पानी पर्ने सम्भवना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै विभागले बिहीबारदेखि भदौ १२ गतेसम्म पूर्वदेखि पश्चिम नेपालको पहाडी तथा तराई क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना रहेको जनाएको छ ।
हाल मनसुनको न्युन चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको हुँदा अबको तीन दिनसम्म भारी वर्षा हुने विभागको भनाई छ ।
विभागले प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थान, सुदूरपश्चिम तथा कर्णालीका एक दुई स्थानमा मेघ गर्जन, चट्याङसहित भारी वर्षा हुने जनाएको छ ।
धेरै पानी पर्ने सम्भावना देखिएपछि सर्तकता अपनाउन विभागाले अनुरोध गरेको छ । तराईमा बढी र ढुवान तथा पहाडमा पहिरोको जोखिम रहेका कारण सर्वसाधारण तथा विपद्मा खटिने सबैमा सर्तकता अपनाउन विभागले अनुरोध गरेको छ ।
हेर्नुहाेस विभागकाे विज्ञप्तिः