
गुल्मी । अबिरल वर्षासँगै गएको पहिरोले गुल्मीको रिडी रुद्रावेनी सडक अबरुद्ध भएको छ ।
सडक खण्डको रुरुक्षेत्र गाउँपालिका वडानम्बर–२ साघुरेमा सडक माथिबाट ढुङ्गा र माटो सहितको पहिरो खसेकाले अबरुद्र बनेको अस्थायी ट्राफिक प्रहरी पोष्ट रिडीका हवल्दार जगत खनालले बताए ।
पानी निरन्तर रुपमा परिरहेको हुँदा पहिरो खस्ने क्रम रहिरहेकाले सडक खुलाउन समस्या परेकाे प्रहरीले जनाएकाे छ ।
पहिरो खसिरहेको स्थानमा बुटवल देखि रुद्रवेणि तर्फ जाँदै गरेको ध १ च १४६ नम्बरको डबल क्याप बोलेरो जीप दुबै तर्फको पहिरोले बिचमै अडकीएको थियो । जीपलाई भने स्काभेटर प्रयोग गरेर सुरक्षित स्थानमा निकालिएकोे प्रहरी हवल्दार खनालले बताए ।
सडक अबरुद्ध भएपछि दुबै तर्फका सवारी साधान तथा यात्रुहरु बिचबाटोमै रहेका छन् । जिल्लाको रिडी रुद्रावेनी सडक व्यस्त सडक मानिन्छ । सोहि सडक भएर गुल्मी जिल्ला र छिमेकी जिल्ला बाग्लुङसम्म जाने सवारी साधनहरु जाने गर्दछन् ।
अबिरल वर्षासँगै जिल्लाका अधिकांश ग्रामीण भेगका कच्ची सडकहरु बिग्रेका छन् ।