तानसेन । पाल्पामा जारी निषेधाज्ञालाई भाद्र २५ गतेसम्मका लागि थप गर्ने निर्णय भएको छ ।

बिहीबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले भाद्र २५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा यथावत राख्ने निर्णय गरेको हो ।

यसअघि गरिएको निषेधाज्ञामा संक्रमण पूर्ण रुपमा नियन्त्रणमा नआएपछि स्वास्थ्य मापदण्डको पालना गर्दै खुकुलो अवस्थामा निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी निमित्त प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले बताए ।

कोरोनाको दोस्रो लहर सुरु भएपछि गत बैशाख १८ गतेदेखि सुरु भएको निषेधाज्ञा खुकुलो हुँदै तेह्रौ चरणसम्म पुगेको छ । थप गरिएको समयावधिमा अत्यावश्यकका सेवा २४ सै घण्टा खुल्ने भए पनि अन्य पसलहरु बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मात्र खुल्न पाउने भएका छन् ।

यस्तै भीडभाड हुने कार्यहरु शैक्षिक संस्था, सभा सम्मेलन गर्न, तालिम सेमिनार नगर्न, स्थानीय प्रशासनले निर्देशन दिएको छ ।

यस्तै विवाह, बतर्बन्ध, मृत्यु संकार लगायका कार्यमा १५ जना बढी सहभागी नहुन तथा मठ मन्दिरहरु समेत नृत्य पुजामात्र गर्न स्थानीय प्रशासनले निर्देशन दिएको छ ।

तपाईको प्रतिक्रिया