
गुल्मी । गुल्मीमा बिरामी चितुवाको उद्धार गरिएको छ । जिल्लाको धुर्कोट गाउँपालिका–५ वस्तुमा बिरामी अवस्थामा भेटिएको चितुवाको उद्धार गरिएको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ ।
दुब्लो र राम्रोसँग हिँडडुल समेत गर्न नसक्ने अवस्थामा भेटिएको चितुवा २।४ दिन अगाडिदेखि नै वस्ती आसपासमा रहेका खाली गोठहरुमा बस्ने गरेको स्थानीयले बताएका थिए ।
उद्धार गरिएको चितुवालाई डिभिजन वन कार्यालय गुल्मीमा उपचार गरेर राखिएको छ । चितुवा बुढो र बिरामी भएको अनुमान गरिएको छ ।