रामपुर नगरपालिकामा नियमित मुक्तक बाचन कार्यक्रम सम्पन्न

पाल्पा । पाल्पाको रामपुर नगरपालिकामा नियमित मुक्तक बाचन कार्यक्रम सम्पन्न भएको छ।
आजको मुक्तक बाचन कार्यक्रम मुक्तक मंच रामपुरको अध्यक्ष स्वप्निल निरभ को अध्यक्षतामा र रामपुर साहित्यिक प्रतिस्ठानका अध्यक्ष बासुदेब ढकालको प्रमुख आतिथ्यतामा भएको थियो।

साहित्यिक यात्रामा लागि कलम चलाउदै गर्नुभएका साहित्यिक मन लाई समेट्दै हरेक महिनाको दोस्रो शनिबारको दिन मुक्तक मंच रामपुरले मुक्तक बाचन कार्यक्रम राख्दै आइरहेको छ।

साहित्य बिधालाइ रामपुर क्षेत्रमा अगाडि बढाउदै लुकेर रहेका प्रतिभा जस्लाइ कलम चलाएरै साहित्य तिरको झुकाब लाई निरन्तरता मिलोस भन्ने उध्देस्यले लेखन संगै प्रस्तुतिलाई पनि ध्यानमा राख्दै उक्त कार्यक्रम सन्चालन गरिदै आएको हो।

कार्यक्रममा सहभागी साहित्यप्रेमीहरूले  आफ्नो रचना बाचन गरे ।

मुक्तक बाचन कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी रामपुर साहित्यिक प्रतिस्ठानका अध्यक्ष बासुदेब ढकालले साहित्य कलाको सम्मान अनि जगेर्ना गर्ने क्रममा आफ्नो हरपल सहभागिता अनि साथ हुनेछ र अब रामपुरमा साहित्य क्षेत्रलाई नयाँ आयाम दिनलाइ पुराना अनि नयाँ पुस्तालाई समेट्दै अघि बढ्नुपर्नेमा जोड  दिए ।

साहित्य क्षेत्रमा कलम चलाउदै अघि बढ्नुभएका श्रस्टाहर, पत्रकारहरुको सहभागिता भएको कार्यक्रम सन्चालन रामपुर मुक्तक मंचका सचिब नारायण समिपले गरेका थिए ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer