पाल्पा डुम्रेमा पहिरोले घर पुर्यो!

तानसेन । निरन्तरको वर्षासंगै झरेको पहिराले पाल्पाको डुम्रेमा एक घर पुरेको छ ।

तानसेन नगरपालिका वडा नं. ८ डुम्रेमा माथिबाट आएको पहिरोले घर पुरेको हो । घरमाथिबाट झरेको पहिरोले स्थानीय देवबहादुर सारुको दुई तले पक्की घर पुरेको प्रहरीले जनाएको छ ।

पहिरोले घरमा पूर्ण क्षति पर्याए पनि मानिस नभएको हुँदा मानविय क्षति नभएको प्रहरीले जनाएको छ ।

सोही स्थानका अन्य तीन घर पहिरोको जोखिममा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताए ।

तस्वीरः पाल्पा प्रहरी।

तपाईको प्रतिक्रिया