निकालिएन रणउजेश्वरी भगवतीको सिन्दुर यात्रा, औपचारिकताका लागि प्रतिमूर्ती परिक्रमा

तानसेन। नेपाली सेनाले अंग्रेजलाई युद्धमा विजय गरेको सम्झनामा दुई सयवर्ष अघिदेखि निकालिदै आएको रणउजेश्वरी भगवतीको सिन्दुर जात्रा यस वर्ष निकालिएन ।

कोरोना भाइरस संक्रमण जोखिमका कारण आज परेको सिन्दुर यात्रा ननिकालिएको हो ।

प्रत्येक वर्ष भाद्र कृष्ण नवमीका दिन विजय उत्सवका रुपमा जिल्ला सदरमुकाम तानसेनमा सिन्दुर यात्राका रुपमा निकालिने भगवतीको रथ यसपटक कोरोना भाइरस संक्रमण जोखिमका कारण मन्दिर परिषरमा मात्र भगवतीको प्रतिमूर्ती परिक्रमा गरेर विजय उत्सव मनाईएको छ ।

पाल्पाली सेना र इष्ट इण्डियाको फौजबीच लडाई भएको बुटवलको नुवाकोट क्षेत्रको युद्धमा अंग्रेज फौजलाई नेपाली सेनाले पराजित गराएको खुसीयालीमा पाल्पामा नेपाली सेनाले २ सयवर्षदेखि भगवतीको रथयात्रा निकालदै आएका थिए ।

विगतका वर्षहरुमा हजारौको संख्यामा मानिसहरुको सहभागितामा हुने यो रथ यात्रामा यसवर्ष कुनै पशु वली समेत नचाइएको र औपचारिकतामा मात्रै सम्पन्न गरिएको भगवती गुठीका अध्यक्ष राजेश्वर उदयले बताए ।

यसैबीच भगवतीको रथ यात्राको दिनमा लुम्बिनी प्रदेश सरकारले गत वर्षदेखि पाल्पा जिल्लामा सार्वजनिक बिदा समेत दिदै आएको छ ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer