
पाल्पा । पाल्पाको रामपुर नगरपालिका वडा न ६ स्थित कौंवामा रामपुर साहित्यिक प्रतिस्ठानको आयोजनामा एकल साहित्य वाचन कार्यक्रम सम्पन्न भएको छ।
रामपुर साहित्यिक प्रतिस्ठानका अध्यक्ष बासुदेब ढकालको अध्यक्षतामा एकल साहित्य वाचन कार्यक्रम भएको हो।
कार्यक्रममा साहित्यिक क्षेत्रमा रुचि सहित विभिन्न बिधामा आफ्नो प्रतिभा (कला) लाई निरन्तरता दिदै आउनुभएका चापाकोट नगरपालिका वडा न ८ का बासिन्दा आसुकवि खगुपती घिमिरेले धाराप्रबाही साहित्य वाचन सहित आफ्नो प्रस्तुती थियो।
साहित्य क्षेत्रलाई माया गरि रामपुरमा पनि यसको जगेर्ना गर्दै निरन्तरता दिनुपर्छ भन्ने उध्देस्यले स्थापना भएको रामपुर साहित्यिक प्रतिस्ठान रामपुरले यसअघि पनि रामपुरका विभिन्न ऐतिहासिक सभ्यता बोकेका रमणीय ठाउँहरुमा यस्ता कार्यक्रमहरु गर्दै आइरहेको थियो।
यी यस्ता कार्यक्रमको आयोजनाले लुकेर रहेका कला साहित्यलाई बाहिर ल्याइ लोप हुनबाट जोगाउन ठुलो टेवा पुर्याइरहेको हुन्छ।
रामपुर साहित्यिक प्रतिस्ठानकि उपाध्यक्ष हुमा देवकोटाको स्वागत मन्तव्य बाट सुरु भएको एकल साहित्य रचना वाचन कार्यक्रममा पत्रकार महासंघ जिल्ला सदस्य दुर्गेश मल्ल, रामपुर नगरपालिका वडा न ६ का वडा सदस्य थिरलाल ढकालले आ- आफ्नो भनाइहरु थियो।
एकल साहित्य वाचन कार्यक्रममा रामपुर साहित्यिक प्रतिस्ठानका सदस्यहरु,पत्रकारहरु लागायत साहित्य बिधालाइ माया गर्नुहुने साहित्य पारखी हरुको उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन रामपुर साहित्यिक प्रतिस्ठानका सचिब गोभिन्द भट्टराई थियो।