तानसेन । पाल्पामा कक्षा १२ का विद्यार्थीका लागि कोरोना विरुद्धको पहिलो मात्रा खोप दिइने भएको छ ।
१८ वर्ष माथि उमेर समूहका विद्यार्थीका लागि कोरोना विरुद्धको अष्ट्राजेनिका खोप दिइने भएको हो ।
स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार भदौं ३१ गते सबै स्थानीय तहमा खोप पठाईने र एक गतेदेखि खोप कार्यक्रम संचालन हुनेछ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालित परीक्षामा सहभागी विद्यार्थी लक्षित गरि कोभिड–१९ विरुद्धको खोप दिने भएको हो । राष्ट्रिय परीक्षा बोर्डले दिएको तथ्यांक अनुसार कूल चार हजार एक सय विद्यार्थीलाई पहिलो मात्रा खोप दिने तयारी भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले बताए ।
स्थानीय तहकाले तोेकेका खोप केन्द्रबाट परीक्षर्थीको प्रवेश पत्र हेरेर मात्र खोप लागाइने पनि सूचना अधिकारी पन्थीले बताए ।
बुधबारदेखि कक्षा बाह्रको परीक्षा संचालन भइसकेको भए पनि समयमा खोप नआएका कारण केही ढिलाई भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
अहिले पहिलो मात्रा खोप लगाएका विद्यार्थीलाई कात्तिकमा दोस्रो मात्रा लगाउन पाउने पनि स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।