तानसेन । पाल्पामा पछिल्लो २४ घण्टामा थप ४० जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ जना तथा एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३७ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमण हुनेमा २३ पुरुष तथा १७ महिला रहेका छन् । हाल जिल्लामा १३८ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।