कालीगण्डकीमा हाम फालेर पुरुष बेपत्ता

तानसेन । कालीगण्डकी नदीमा हाम फालेर एक जना पुरुष वेपत्ता भएका छन् ।

पाल्पाको रामपुर नगरपालिकास्थित पुट्टारघाट पुलबाट हाम फालेर तनँहुको घिरिङ्ग गाउँपालिका वडा नम्बर १ अन्दाजी ४८ वर्षीय बिष्णु भक्त सिग्देल बेपत्तमा भएका हुन् ।

रामपुरको बेझाडमा होटल व्यवसाय गर्दै आएका सिग्देल आइतबारदेखि बेपत्ता भएको प्रहरीले जनाएको छ ।

सिग्देलले आफू चढेर मोटरसाइकल, बिलबुक,पर्स समेट बाइकमै राखेर पुलबाट हाम फलेको प्रहरी चौकी पुट्टारका प्रमुख पदम बहादुर कुमालले जानकारी दिए ।

स्थानीय र प्रहरीले बेपत्ता पुरुषको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया