तानसेन ।नेकपा एमालेका उप-महासचिव विष्णु पौडेलले पाँच दलीय गठबन्धन चुनावसम्म पनि नटिक्ने बताएका छन् ।
उनले एमालेलाई सरकारबाट हटाएर बनेको गठबन्धन सरकारले दुई महिना बित्दासम्म पनि मन्त्री परिषद् विस्तार गर्न नसकेको अरोप लगाए।
बुधबार पाल्पा सदरमुकाम तानसेनमा अयोजित अघुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै उप महासचिव पौडेलले नेकपा एमाले नफुटेको र केही शक्ति चोइटिएर जादैमा पार्टीलाई कुनै असर नपर्ने बताए ।
उनले ७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादी र नेपाली कांग्रेसको गठबन्धन गरेर लडेको निर्वाचनमा समेत एमालेले ५० प्रतिशतबढी सिट सुनिश्चत गरेको भन्दै आगामी निर्वाचनमा पनि आफूहरुले बहुमत ल्याउने दाबी गरे।
अहिले माधव नेपाल समूह फुटेर गए पनि कार्यकर्ताहरु आफ्नै दलमा रहेको हुँदा एमाले नै देशको मुख्य शक्ति हुनेमा विश्वस्त हुन पनि पौडेलले आग्रह गरे ।
अहिले बनेको गठबन्धन सरकारको भविष्य नरहेको बताउदै उनले भने, दक्षिणपन्थीसंगको सहकार्यले देश विकास नहुँने पनि बताए ।
पूर्व अर्थमन्त्री समेत रहेका पौडेलले आफुले ल्याएको बजेट कार्यन्वन गर्न पनि सरकारले आनाकानी गरेको आरोप लगाए ।
कार्यक्रममा केन्द्रीय र जिल्लास्तरका नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो ।