तानसेन । पाल्पा सदरमुकाम तानसेनमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यलय पाल्पाले दिएको जानकारी अनुसार शुक्रबार बिहान १० बजेतिर तानसेन नगरपालिका वडा नं.–२, फुलबारीमा बाग्लुङ् जिल्ला ढोरपाटन नगरपालिका–७, बोबाङ्का ३२ वर्षका बसन्त विक मृत अवस्थामा फेला परेका हुन् ।
विकको शव देखपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटना बारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । बिहीबर पनि खानीगाउँमा एक पुरुष मृत अवस्थामाफेला परेका थिए।
सो घटनाको पहि अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।