![](https://www.nayadhar.com/wp-content/uploads/2021/09/biddut.jpg)
तानसेन । पाल्पामा शनिबार विद्युत कटौती हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरण पाल्पा वितरण केन्द्रले एक सूचना जारी गर्दै पाल्पा वितरण केन्द्र अन्तरगत नयाँपाटी-तानसेन, बुटवल-गल्याङ्ग र बुटवल-पाल्पाको साझा खण्ड ३३ केभी लाइन अवरुद्ध हुने जनाएको हो ।
उक्त लाइनको वरपर रहेका रुखका हाँगाविगा तथा झाडी कटानका लागि बिहान ७ बजेदेखि दिउसो १ बजेसम्म विद्युत आपूर्ती बन्द गरेर काम गरिने पाल्पा वितरण केन्द्रले जनाएको छ ।
लामो समयदेखि पानी परको र रुखका हाँगाविगा बढेर तारमा छोइदा बेला बेला विद्युत सेवा अवरुद्ध हुँदै आएकोले सो समस्या समाधानका लागि पाल्पा वितरण केन्द्रले शनिबारको दिन काम गर्न लागेको जनाएको छ ।