नेपाली कांग्रेस तानसेन नगरमा निर्वाचन स्थगित

तानसेन । नेपाली कांग्रेसको १४ औं महाधिवेश अन्तगत शनिबार भएको पालिका स्तरको अधिवेशनमा तानसेन नगर कमिटी भने चयन हुन सकेको छैन् ।

शनिबार नयाँ कमिटी चयनको प्रयास भए पनि सभापतीमा दुई जनाको दावी रहेको हुँदा नयाँ समिति बन्न नसकेको हो ।

सभापतीमा सहमती गर्ने प्रयास असफल भएपछि आज अधिबेशन मात्र गरेर निर्वाचन स्थगन गरिएको नेपाली कांग्रेस तानसेन नगर सचिव लक्ष्मण खड्काले बताए ।

नगर सभापतीमा व्यवसायी मोहन श्रेष्ठ र सुवर्णमुनी शाक्यको दावी रहेका कारण सहमती हुन नसकेको हो ।

सकभर सहमती बाटै सभापती चुन्ने प्रयास भएका कारण निर्वाचन प्रकृया नगरिएको खड्काले बताए ।

तीन दिनसम्म सहमतीको प्रयास गरिने र सहमती नभएमा मात्रै निर्वाचन प्रकृया अघि बढ्ने खड्काले बताए ।

सभापती बाहेक अन्य पदमा समेत धेरै जना आकाक्षी रहेको भए पनि सहमतीमा आउने र तीन दिन भित्र नयाँ कमिटी गठन हुने नेपाली कांग्रेस तानसेनले जनाएको छ ।

तस्वीरः सामाजिक संजालबाट

तपाईको प्रतिक्रिया