नेपाली कांग्रेस १४ औं महाधिवेशन पाल्पामा के-के भयाे ?

सात पालिकामा सर्वसम्मत नेतृत्व चयन, दुईमा निर्वाचन, एक स्थगित

तानसेन । नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत पाल्पाका नौ स्थानीय तहमा काँग्रेस पदाधिकारी चयन भएका छन् भने एक स्थानीय तहमा निर्वाचन स्थगित भएको छ ।

दश स्थानीय तह रहेको पाल्पामा सात वटा स्थानीय तहमा सर्वसम्मत रूपमा नेतृत्व चयन हुँदा दुई  पालिकामा निर्वाचन भएको हो ।

नेपाली काँग्रेस निस्दी गाउँपालिकाको सभापतीमा पूर्ण बहादुर खाँड, पूर्वखोलामा बिष्णु आचार्य, रम्भामा ऋषिराम अर्याल, माथागढीमा दिपक थापा, तिनाउँमा प्रेम पाण्डे, बगनासकालीमा थानेश्वर तिमिल्सिना र रैनादेवी छहरा गाउँपालिकामा बिष्णु पोखरेल सर्वसम्मत रूपमा चयन भएका हुन् ।

यस्तै रिब्दीकोट गाउँपालिकामा मतदानको माध्यमबाट रामचन्द्र पाण्डे निर्वाचित भएका छन् । पाण्डेले ९७ मत सहित विजयी बन्दा उनका प्रतिस्पर्धी इन्द्र पाण्डेले जम्मा ७ मत प्राप्त गरेका थिए ।

रामपुर नगरपालिकामा मतदान मार्फत नेपाली काँग्रेसको नगर सभापतिमा नेत्र प्रसाद भट्टराइ निर्वाचित भएका छन् । प्रतिस्पर्धी अर्जुन रेग्मीलाई पछि पार्दै भट्टराई निर्वाचित भएको नेपाली कांग्रस रामपुर नगर समितिले जनाएको छ ।

कुल खसेको दुई सय ८ मतमा भट्टराईले १ सय २५ र रेग्मीले ८२ मत प्राप्त गरेका थिए । यता तानसेन नगरपालिकामा भने उद्घाटन सत्र मात्र सम्पन्न गरेर बन्द सत्र सुरू नहुँदै नगर अधिवेशन स्थगित गरिएको छ ।

दुई जना आकंक्षीले आफ्नो दाबी नछाड्ने भएपछि सर्वसम्मतिको प्रयास गर्दा गर्दै अधिवेशन हुन नगर सचिव लक्ष्मण खड्काले बताए ।

तानसेनमा पाल्पा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष मोहन श्रेष्ठ र  नेता सुवर्णमुनी शाक्य सभापतीको उम्मेदवार रहेका छन् ।
सहमतिको प्रयास सफल हुन नसके एक, दुई दिनमा मतदान मार्फत भएपनि अधिवेशन सम्पन्न गरिने निर्वाचन समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया