
तानसेन । सिद्धार्थ राजमार्ग अन्तगत पाल्पा बुटवल सडकखण्डको पानीमिल सिसुवा नजिकै बोलेरो जीप दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।
बुधबार बिहान ७ बजेतिर तिनाउ गाउँपालिका वडा नं.३, सिसुवामा पाल्पादेखि बुटवल तर्फ जादै गरेको लु १ च ४३२६ नम्बरको बोलेरो सडकदेखि सय मिटर तल खसेपछि जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी चालक बुटवल उपमहानगरपालिका–२, का २८ वर्षीय ज्ञानबहादुर दर्लामी, र सोही स्थानका २२ वर्षीय रोहित सिंजाली घाइते भएको दोभान प्रहरी चौकीका प्रमुख विष्णु बहादुर कुँवरले जानकारी दिए ।
घाइतेहरुको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भएको पनि प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।