नेपाली काँग्रेस अधिवेशन : ९१ कमिटिको सभापतिमा दलित समुदाय शुन्य

पाल्पा । पाल्पाको ८१ वडा र १० स्थानीय तहमा नेपाली काँग्रेसको अधिवेशन सम्पन्न भयो । वडा तथा स्थानीय तह गरी ९१ कमिटिमा गठन भएपनि सो कमिटिको सभापतिमा दलित समुदायको महिला र पुरुषको उदय भएको छैन ।

पाल्पामा ८१ वडा र दुई नगरपालिका र आठ गाउँपालिका दलित समुदायको सभापतिको रुपमा उम्मेदवारी नपरेको नेपाली काँग्रेस पाल्पाका जिल्ला सचिव झपिन्द्र गहिरेले बताए । पाल्पाको तानसेन नगरपालिका रोकिएको अधिवेशन समेत सम्पन्न भएको छ । सो नगर समितिको सभापतिमा सुर्वणमुनि शाक्यले नेतृत्व गरेका छन् ।

नेपाली काँगे्रस दश स्थानीय तह मध्ये पूर्वखोला गाउँपालिका विष्णुमाया आचार्य महिला सभापति हुन । माथागढी गाउँपालिका जनजाति समुदायका दिपक थापा र निस्दी गाउँपालिकामा पूर्ण बहादुर खाँड ठकुरीले नेतृत्वमा आएका हुन ।

पाल्पाको रामपुर नगरपालिका र रिब्दीकोट गाउँपालिकामा अधिवेशनमा निर्वाचन भएको थियो । रामपुरमा अधिवेशनले रामपुर नगर सभापतिमा नेत्र भट्टराई र रिब्दीकोट गाउँपालिकामा रामचन्द्र पाण्डे सभापति बनेका छन् । ।

रैनादेवी छहरा गाउँपालिकाको सभापतिमा विष्णुप्रसाद पोखरेल, तिनाउ गाउँपालिका प्रेम पाण्डे, वगनासकाली गाउँपालिकाको थानेश्वर तिमिल्सिना, माथागढी गाउँपालिकाको दिपक थापा, रम्भा गाउँपालिका ऋिषीराम अर्याल, पुर्वखोला गाउँपालिका विष्णु माया आचार्य, निस्दी गाउँपालिका पुर्ण बहादुर खाँड सहमतिमा चुनिएको जिल्ला पार्टी सचिव झपिन्द्र गहिरेले बताए ।

९० कमितिमा दुई जना महिला सभापतिको रुपमा काँग्रेसमा उदय भएको हो । । बगनासकाली गाउँपालिका २ पोखराथोकमा महिला उम्मेदारले वडामा निर्वाचित हुनुभएको छ । काँग्रेसका महिलाहरुले नेतृत्व तहमा महिलाहरु उपस्थिति बाक्लो नीतिगत व्यवस्था हुनुपर्ने आवाज उठाएपनि सुनुवाई हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया