तानसेन। पहिलो पाईला नेपाल पाल्पा शाखाले विपन्न विद्यार्थीका लागि झोला वितरण गरेको छ ।

उक्त संस्थाले जिल्लाको माथागढी गाउँपालिका वडा नं. ४ झडेवास्थित जनप्रिय प्राविका ६२ जना विद्यार्थीका लागि झोला वितरण गरेको हो।

भाग्य बोक्ने झोला वितरण कार्यक्रम नामाकरण गरिएको सो कार्यक्रममा जनप्रिय प्राविमा कक्षा १ देखी ५ सम्म अध्ययनरत विद्यार्थीलाई झोला वितरण गरिएको संस्थाका पाल्पा शाखा अध्यक्ष लेख बहादुर कुवंरले बताए ।

झोला वितरण गर्दै गाउँपालिकाका प्रवक्ता मधु पराजुलीले पहिलो पाईला नेपालले सुरु गरेको अभियानले बालबालिकालाई नियमित विद्यालयमा उपस्थित हुन र सिकाई उपलब्धिमा सहयोग पुग्ने बताए ।

विद्यालयका प्रधानाध्यापक हरिराम जिसीले विद्यालयलाई नमूना र पुर्ण बालमैत्री बनाउने योजनाका साथ आफूहरु अघि बढेको समयमा यसरी प्राप्त भएको सहयोगले पनि सो कार्यमा टेवा पुगेको बताए । उनले अन्य कार्यक्रममा पनि सहभागीता र सहकार्यको अपेक्षा गरे ।

कार्यक्रममा पहिलो पाईला नेपालका केन्द्रिय सदस्य सुरेश रायमाझीले विगतदेखि गरिदै आएको सहयोग कार्यक्रम कोरोनाका कारण प्रभावित भए पनि अहिले संक्रमणमा कमी आएसंगै आफूहरु पुनः सहयोग गर्ने कार्यमा जुटेको बताए । उनले अहिले लामो समयदेखि बन्द विद्यालय खुलेको र कतिपय अभिभावकको कोरोनाका कारण बेरोजगार भएको समयमा आफूहरुले दिएको सानो सहयोगले बाल बालिकाका लागि ठूलो सहयोग पुग्ने अपेक्षा राखिएको बताए ।

कार्यक्रम सचिव सुवास पोखरेलको संञ्चालन तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भेष बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया