एमाले रामपुर नगर कमिटीको बैठक सम्पन्न

रामपुर । नेकपा एमाले रामपुर नगर कमिटीको बैठक सम्पन्न भएके छ ।

नेकपा एमाले रामपुर नगर कमिटीका अध्यक्ष राजेन्द्र प्रसाद लम्सालको अध्यक्षतामा बसेको बैडकमा पूर्व मन्त्री तथा संघीय सांसद दल बहादुर रानाको उपस्थिीमा विषेश छलफल भएको नगर कमिटीले जनाएको छ ।

बैठकमा रामपुर नगरपालिका भित्रका १० वटै वडाको रिपोर्टिङसंगै आगामी दिनमा पार्टीका हरेक तहका नेतादेखि कार्यकर्ताहरुले एकता, समन्वय र सहकार्य गर्दै देशका गाउँ गाउँ र बस्ती बस्तीका समस्या बुझी त्यसप्रतिको समाधानका लागि एकजुट हुने विषयमा छलफल भएको थियो ।

एमालेको प्रथम विधान महाधिवेशनबाट तय भएका विभिन्न कदमहरुलाई आत्मसाथ गर्दै अघि जाने कुराहरु लाई समेटेर अघि बढ्न रामपुर नगर इन्चार्ज पूर्व मन्त्री रानाले सबैमा निर्देशन दिएका थिए ।

बैठकमा रामपुर इन्चार्ज तथा जिल्ला कमिटी सदस्य राजुप्रसाद श्रेष्ठ , लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा संबिधान सभा सदस्य राधाकृष्ण कंडेल  लगायतले आफ्नो भनाई राखेका थिए ।

रामपुर नगर कमिटी का उपाध्यक्ष तथा रामपुर नगरपालिका वडा न १० का वडाअध्यक्ष लिला बहादुर गाहाको स्वागत मन्तव्य बाट सुरु भएको बैठकको सन्चालन रामपुर नगर कमिटी सचिव दानस मल्लले गरेका थिए ।

तपाईको प्रतिक्रिया