पाल्पाका दशैंघरमा औपचारिक पुजा गरी जमरा राखियो

तानसेन । नेपालीको महान् चार्ड बडादशैँ पहिलो दिन आज देशभरका शक्तिपिठ तथा दशैंघरमा दुर्गा पुजा गरी विधिवत रुपमा जमरा राखिएको छ । पाल्पाको एतिहासिक दशैं घरमा पनि नृत्य पुजा गरि घटस्थापना गरी जमरा राखिएको छ ।

२ सय वर्षभन्दा अघिदेखि नपाली सेनाले सलामी दिएर निकै ठूलो तामझामकासाथ घटस्थापनामा पुजा गर्ने प्रचलन रहेको दशैंघरमा गतवर्ष र यसवर्ष कोरोना संक्रमण जोखिमका कारण औपचारिकताका लागि मात्र पुजा गरिएको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले बताए ।

अहिले कोरोना संक्रमणमा केही कमी आए पनि जोखिम भने कायम रहेको हुँदा नृत्य पुजा गरेर औपचारिक रुपमा जमरा राखिएको रकुनै पशुवली समेत नदिएको प्रजिअ पाण्डेले बताए।

यस्तै नेपाली सेनाले निर्माण गरेको निशान भगवती मन्दिरमा पनि घटस्थापना गरि विधिवत रुपमा जमरा राखिएको छ ।

मन्दिरका पुजारीले मात्रै परम्परागत रुपमा समान्य पुजा गरेर जामरा राखेका हुन् । यस्तै जिल्लाका अन्य देवी मन्दिर र शक्तिपिठहरुमा पनि औपचारिक रुपमा मात्रै स्वास्थ्य मापदण्डको पालना गरेर घटस्थापना गरि जमरा राखिएको प्रजिअ पाण्डेले बताए ।

पाल्पामा जिल्लाबासीलाई स्वास्थ्य सावधानी अपनाउदै सकेसम्म पारिवारिक रुपमा मात्रै दशै मनाउन स्थानीय प्रशासनले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer