
रामपुर । नेपाल उत्पीडित जातीय मुक्ति समाज रामपुर नगरपालिकाको कार्यकर्ता भेला तथा प्रथम नगर अधिवेशन सम्पन्न भएको छ।
नेपाल उत्पीडित जातीय मुक्ति समाज जिल्ला कमिटी सदस्य तथा नगर इन्चार्ज टीका सुनारको अध्यक्षता र नेपाल उत्पीडित जातीय मुक्ति समाज केन्द्रिय सचिवालय सदस्री एंव लुम्बिनी प्रदेश कमिटी सह संयोजक ठाकुर प्रसाद लुहागुनको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
देशका अधिकांश भुभाग ओगटेका कथित दलित समुदायको हक अधिकार सुनिश्चित गर्न र सदियौदेखि दमन, शोषण, तिरस्कार, अपहेलना अनि उत्पीडनको चपेटामा पार्दै आएको दलित समुदायको उथ्थान र परिबर्तनका लागि अब त हरेक गाउँ गाउँ, बस्ती बस्तीबाट उठ्न लाग्न जरुरी छ भन्ने उध्देस्यले रामपुर नगरपालिकामा पनि नगर कमिटी गठन आवस्यक छ भनी आयोजना गरिएको सहभागीहरुले बताएक थिए । कार्यक्रममा नेकपा एमालेका विभिन्न तहका प्रतिनिधित्व गर्दै आइरहनु भएको नेताहरु, पार्टीको भातृ संगठनका कार्यकर्ताको सहभागिता रहेको थियो।
समय संगसंगै आफ्ना समुदायमा पनि परिवर्तन गर्दै हरेक तहमा नेतृत्व गर्न सक्ने सामर्थ्य पैदा गर्दै विशेष आफ्ना रहनसहनमा सुधार गरि हिजोको दलित होइन कि आजको सभ्य युगको नागरिक भइ अघि बढ्नका लागि नेकपा एमाले सदैब साथ रहनेछ भन्ने प्रतिबद्धतासहित रामपुर नगर कमिटी सचिव किर्तिनाथ श्रेष्ठ , रामपुर नगरपालिका वडा न.१ का वडाअध्यक्ष मित्रलाल कंडेल ,नेकपा एमाले जिला कमिटी सल्लाहकार सदस्य दिनेश कुमार खनाल , नेकपा एमाले जिल्ला कमिटी सदस्य राजु प्रसाद श्रेष्ठ , नेकपा एमाले प्रदेश सभा सांसद माननीय युबराज खनाललगायतले कार्यक्रममा मन्तव्य राखेका थिए ।
यस्तै प्रथम नगर अधिवेशनबाट सर्बसम्मत रुपमा दलित समुदायका मुद्दा र त्यसप्रति सकारात्मक सोचसहित समाधानको पाटो सम्म पुर्याउन सम्बन्धित निकायसंगको सहकार्यका लागि रामपुर नगरपालिका भित्रका १० वटै वडा हरुलाई समेटेर अध्यक्षमा डिल बहादुर कौसी, उपाध्यक्षमा मुना बि क, सचिवमा संजय नेपालीलगायत ३३ सदस्यीय नगर समिती समेत गठन गरेको छ।
नेपाल उत्पीडित मुक्ति समाज रामपुर नगर सह संयोजक लक्ष्मण सुनामको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम समाजमा आजपनी बिद्यमान जातीय विभेदका हिजोका इतिहास देखि खेप्नुपरिरहेको उत्पीडनलाई कसरी समाधान गर्न सकिन्छ? भोलिको हाम्रो समुदाय र समुदायका भाबी कार्यदिशा के त ?भन्ने बिषय हरुमा आफ्ना सान्दर्भिक भनाई कार्यक्रमको प्रमुख अतिथीले राखेका थिए ।
उक्त कार्यक्रमको सन्चालन नेकपा एमाले नगर सदस्य तथा अ ने म संघ नगर सचिब सन्जु परियारले गरेकी हुन् ।