सिद्धार्थ रागमार्ग अन्तगत पोखराथोकमा ट्रकको ठक्करबाट पैदल यात्रुकाे मृत्यु

तानसेन । पाल्पामा ट्रकको ठक्कर दिदा पैदल यात्रुको मृत्यु भएको छ ।

सिद्धार्थ राजमार्ग अन्तरगत बर्तुङ्ग राम्दी सडकखण्डको पोखराथोक नजिकै ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएके प्रहरीले जनाएको छ । मृत्यु हुनेमा स्थानीय ५९ वर्षीय श्यामबहादुर रोका रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

स्याङ्जाबाट बुटवलतर्फ जाँदै गरेको ग २ ख ३३५ नम्बरको ट्रकले आज बिहान साढे सात बजे ठक्कर दिएको थियो। ठक्करबाट घाइते रोकालाई उपचारको तानसेस्थित युनाइटेड मिसन अस्पताल पुर्याउदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैंयाले जानकारी दिए ।

ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ।

 

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer