जनतालाई सरर हिड्ने बाटो भए पुग्छ, मन्त्री राना

तानसेन। लुम्बिनी प्रदेश सरकारका नवनियुक्त उर्जा, जलस्रोत तथा सिचाइ मन्त्री वीरबहादुर रानाले पाल्पाली जनताका लागि सिद्धार्थ राजमार्गको बाटो राम्रो भए पुग्ने बताएका छन् ।उनले जनताले सजिलैसंग हिड्ने वातावारण बाटो भए खुसी हुने बताए ।

मंगलबार पाल्पाको तानसेनमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै रानाले भने, सिद्धार्थ रागमार्गको पाल्पा बुटवल सडक खण्डमा अहिले नागढुंगाको जस्तो जाम भएको हुँदा सरर हिड्नसक्ने बाो बनाउन आफूले पहल गर्ने बताए ।

उनले भने- ‘बाटो बनाउने मन्त्रालय त मेरो होइन तर म एक जिम्मेवारी लिएको व्यक्ति भएको हुँदा त्यो कामका लागि अन्य न्त्रालय र सम्बन्धित निकायमा कुरा पुर्याएर काम चुस्त गराउने छु।’

दशै सकिए लगतै सडक मर्मत गरेर सरर रुपमा यात्रा गर्न सकिने वातावारण बनाउन आफू लागि पर्ने मन्त्री रानाले बताए ।

यस्तै उज्यालो पाल्पा बनाउने जनताले मुल्य समायोज गरेर भए पनि सहुलियत दरमा पानी खुवाउने लगायका कार्य आफ्नो प्राथमिकतामा परेको पनि रानाले बताएका छन् ।

राना मन्त्री भएपछि पहिलो पटक गृह जिल्लामा आएर पत्रकारसंग छलफल गरेका हुन्। कार्यक्रमको आयोजना नेपाल पत्रकार महासंघ पाल्पा शाखाले गरेको थियो ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer