गृहले गर्यो १२ जिल्लाको प्रजिअको सरुवा, पाल्पाको सिडियोमा जगन्नाथ पन्त

तानसेन। गृह मन्त्रालयले बाह जिल्लाको प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । आइतबार गृह मन्त्रालयले सूचना जारी गर्दै पाल्पासहित १२ जिल्लाका सिडियोको सरुवा गरेको हो ।

गृहमन्त्रालयबाट किरण थापालाई कैलाली, खगेन्द्रप्रसाद रिजाललाई कैलालीबाट गृहमन्त्रालय तानिएको छ । जगन्नाथ पन्तलाई गृहमन्त्रालयबाट पाल्पा, हरिप्रसाद घिमिरेलाई अर्घाखाँची, वेदनिधी खनाललाई सिन्धुपाल्चोक, माधवप्रसाद ढकाललाई डोल्पा प्रजिअबाट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरिएको मन्त्रालयाले जनाएको छ ।

 

वेदनिधी अधिकारीलाई डोल्पा, नेत्रप्रसाद शर्मालाई मुस्ताङ, श्रीनाथ पौडेललाई रोल्पा, विष्णु पौडेललाई अर्घाआँचीबाट गृहमन्त्रालय तानिएको छ ।

यस्तै राजुप्रसाद पौडेललाई स्याङ्जाको जिम्मेवारी दिएर स्याङ्जाका प्रजिअ दीपकराज नेपाललाई गृहमन्त्रालयमा सरुवा गरिएको मन्त्रालयाले जनाएको छ ।

पाल्पाका प्रमुख जिल्ला अधिकारीको रूपमा जगन्नाथ पन्तलाई पठाउने निर्णय आइतबार भए पनि यसअघिका प्रजिअ योगेन्द्रप्रसाद पाण्डे दशैअघि नै सरूवा भइसकेका थिए ।

तपाईको प्रतिक्रिया