पाल्पा, तानसेन । अविरल वर्षासँगै तानसेन–रानीमहल सडकको विभिन्न स्थानमा पहिरो खसेको छ । सडकको विभिन्न स्थानमा पहिरो खस्दा तानसेन–रानीमहल सडकखण्ड अवरुद्ध भएको छ ।

सडक अवरुद्ध हुँदा रानीमहल घुम्न गएका पर्यटकहरु फर्किन नपाएको स्थानीय वसन्त कुवँरले जानकारी दिए ।

तुलनात्मक रुपमा दशैं तिहारको समयमा रानीमहल घुम्न जाने पर्यटकहरुको संख्या बढी हुन्छ । यो समयमा देशका विभिन्न जिल्लाबाट थुप्रै पर्यटकहरु रानीमहल पुग्ने गरेका छन् ।

तस्वीरहरु : बसन्त कुवँर

तपाईको प्रतिक्रिया