
तानसेन। पाल्पामा झारफुक गर्ने बाहानामा महिलामाथी जबरजस्ती करणी गर्ने पुरुष पक्राउ परेका छन् ।
प्रहरीले तानसेन नगरपालिका वडा नं.–३, भगवती टोलमा बसेर झारफुक गर्ने तनहुँको शुक्लागण्डकी नगरपालिका १० खैरेनीका ३२ वर्षिय केदार रनपाललाई पक्राउ गरेको हो ।
रनपालले गएराती ३० वर्षकी महिलाको कोठामा गएर झारफुक गर्ने बहानामा जबरजस्ती करणी गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए ।
करणी गरेको जानकारी छिमेकी महिलालाई जानकारी गराएको र छिमेकी महिलाबाट प्रहरीलाई जानकारी भएपछि निजलाई नियन्त्रणमा लिईको सूचना अधिकारी त्वातीले बताए ।
यस्तै पाल्पा प्रहरीले सोमबार पनि १३ वर्षकी बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तानसेन नगरपालिका ११, का २० वर्षिय प्रेम सुनारलाई पक्राउ गरेको थियो ।